कपिलवस्तु ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले तीन वटा समितिको सभापति पाउने दलहरूबीचको सहमतिपछि एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को सभापतिका लागि विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।घिमिरे कपिलवस्तुवाट राष्ट्रिय सभामा निर्वाचित सांसद हो । उहा एमालेको पोलिट ब्यूरो सदस्य समेत हुनुहुन्छ ।
यस्तै एमालेले सार्वजनिक लेखा समितिको सभापतिको उम्मेदवार ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार किरणकुमार साहलाई उम्मेदवा रबनाउने निर्णय गरेको हो ।