साझा डायरी, पाल्पा
युवाहरुहरलाई सामाजिक सेवाकाे क्षेत्रमा उपस्थिति गराउदै देशभर विभिन्न स्थानमा रहेका शाखाहरुमार्फत शिक्षा, स्वास्थ, सचेतना, मानव सुरक्षा लगायतका सामाजिक सेवाका क्षेत्रमा काम गरिरहेकाे सामाजिक संस्था पहिलाे पाईला नेपाल तानसेन शाखा पाल्पाकाे पाँचाै शाखा स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न भएकाे छ ।
पाचौं शाखा स्थापना दिवसकाे अवसरमा पहिलाे पाईला नेपाल तानसेन शाखा पाल्पाले तानसेन स्थित निलसागर सेवा आश्रममा आश्रीत बृद्ध बुवाआमालाई सम्मान तथा नजिकिदै गरेकाे हरितालिका तिजलाई मध्यनजर गर्दै दर खाने कार्यक्रम सम्पन्न गरिएकाे हाे । पहिलाे पाईला नेपाल तानसेन शाखा पाल्पाका अध्यक्ष कृष्ण बहादुर राउतकाे अध्यक्षता शाखा सल्लाहाकार सचिन बिष्ट, गिरिजा गैरेकाे विशेष उपस्थिती, शाखाका पदाधिकारी तथा सदस्यहरु, पहिलाे पाईला नेपाल तानसेन पाल्पा शाखाका शुभचिन्तकहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे।
साेही कार्यक्रममा पहिलाे पाईला नेपाल तानसेन शाखामा नवसदस्यकाे रुपमा अाबद्द सदस्यज्युहरुलाई परिचय पत्र, संस्थाकाे ब्याच, टिसर्ट प्रदान गरिएकाे थियाे साथै पहिलाे पाईला नेपाल तानसेन शाखाले सम्पन्न गरेका विभिन्न कार्यक्रममा सहयाेग गर्नुहुने सहयाेगी दाताहरुलाइ सम्मान समेत गरिएकाे थियाे ।
पहिलाे पाईला नेपाल तानसेन पाल्पा शाखा २०७५ भदाैमा पहिलाे पाईला नेपाल केन्द्रीय कार्यसमितिबाट स्वीकृत प्राप्त गरि सामाजिक क्षेत्रमा निरन्तर कार्यक्रमहरु गर्दै अाईरहेकाे छ । पहिलाे पाईला नेपालद्वारा देशभर सञ्चालित शिक्षा अभियान अन्तर्गत भाग्य बाेक्ने झाेला अभियान पाल्पा जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सरकारी बिद्यालयहरुका सञ्चालन गरी गरिव, अनाथ, दलित परिवारका बिद्यार्थीहरुकाे उज्जवल शैक्षिक भविष्यकाे निम्ति पहिलाे पाईला नेपाल तानसेन पाल्पा शाखाकाे अग्रणी भुमिका रहेकाे छ । पहिलाे पाईला नेपाल तानसेन शाखाले पहिलाे पाईला नेपालकाे ईतिहासमा पहिलाे पटक पिपिएन हिराे जित्न सफल भएकाे थियाे ।