स्याङ्जा
पहिलो पाइला नेपाल पुतलीबजार शाखा स्याङ्जाले आफ्नो प्रथम अधिवेशन पश्चातकाे पहिलो कार्यक्रमका रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो। वातावरणीय अनुकूलता तथा संरक्षण, हरित निर्माण तथा खुला पहाडी स्थानमा बृक्षाराेपण गरि भुक्षय तथा अन्य प्राकृतिक प्रकाेप न्युनिकरणकाे उदेश्य स्वरुप श्री गह्रौंसुर धार्मिक तथा पर्यटकी केन्द्र वालिङ ८ स्याङ्जामा “वृक्षाराेपण कार्यक्रम” पहिलो पाइला स्याङ्जा सचिव युवराज तिवारीले जानकारी दिए।
पहिलाे पाईला नेपाल पुतलीबजार शाखा स्याङ्जाकि अध्यक्ष सन्ध्या लामिछानेकाे अध्यक्षता , शाखाका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थितिमा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे हाे । जिल्ला वन कार्यालय स्याङजाद्वारा बृक्षाराेपण गर्ने स्थानलाई अनुकुल हुने विभिन्न प्रजातीका बृक्षहरु प्रदान गरिएकाे थियाे ।
पहिलो पाइला नेपालले विभिन्न स्थानमा रहेका शाखाहरुमारुमार्फत शिक्षा, स्वास्थ, सचेतना, मानवसुरक्षा लगायतका क्षेत्रमा सामाजिक सेवामूलक थुप्रै कार्यक्रमहरु गर्दै आईरहेकाे छ ।