काठमाडौं ।
महाकाली नदीको जलसतह सतर्कता तह पार गरेको छ । डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस्तै पछिल्लो ३ घण्टामा बाँकेको खजुरा, नेपालगन्ज एयरपोर्ट र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। बाँके, बर्दिया र कैलाली भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भू-भागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सिराहाको लहान र आसपासको स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना भएकोले सो क्षेत्र भइ बहने बालन खुट्टी खोलालगायत अन्य स- साना नदीमा बहाब बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भू-भागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।