कााठमाण्डौ ।
यूएईविरुद्धको टी–२० सिरिज पाहुना टोली न्यूजिल्याण्डले जितेको छ । गएराति सम्पन्न दोस्रो खेलमा यूएईलाई ३३ रनले हराउँदै न्यूजिल्याण्डले सिरिज २–१ ले जितेको हो ।
यूएईलाई न्यूजिल्याण्डविरुद्धको ऐतिहासिक सिरिज आफ्नो पक्षमा पार्ने मौका थियो । तर, निर्णायक खेलमा ब्याटिङ नचल्दा उसको सपना अधुरै रह्यो ।
तेस्रो खेलमा न्यूजिल्याण्डले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
उसका लागि आयन अफ्जल खानले ४२, बसिल हमीदले अविजित २४, आर्यंश शर्माले १६, वृत्य अरविन्दले १२ र आसिफ खानले ११ रन बनाए । न्यूजिल्याण्डका लागि बेन लिस्टरले तीन, मिचेल सान्टनर, कायल जेमिसन र आदित्य अशोकले एकरएक विकेट लिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६६ रन बनायो । उसका लागि विल योङले ५६, मार्क चेपम्यानले ५१, मिचेल सान्टनरले अविजित २०, टिम साइफर्टले १३ र डान फक्सक्राफ्टले १० रन बनाए ।
यूएईका लागि जुनैद द्दिसिीले तीन, जाहूर खान र मोहम्मद जावदुल्लाहले एकरएक विकेट लिए । सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड १९ रनले विजयी हुँदा दोस्रो खेलमा भने ७ विकेटले पराजित भएको थियो । उसले पहिलोपटक यूएईसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको हो ।
सिरिजमा न्यूजिल्याण्डले केही प्रमुख सदस्यलाई भने टोलीमा समावेश गरेको थिएन । यस्तै, यूएईले पनि टिममा युवा खेलाडीलाई प्राथमिकता दिएको थियो ।