साझा डायरी, बाणगंगा ।
सोमबार आर्थत भोलि नागपञ्चमीको अवसरमा कपिलवस्तुका ७ पालिकाले सार्वजनिक विदा दिएका छन्।
जिल्लाको बाणगंगा नगरपालिकासहित यहाँका कपिलवस्तु, शिवराज र महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन र यशोधरा गाँउपालिकाले विदा दिएका छन् । पालिकाहरुले सुचना जारी गरि बिदाको जानकारी दिएका हुन । जिल्लाको बाणगंगा नगरपालिकाले साउन २३ गते बसेको कार्यपालिका बैठकबाटै भदौ ४ गते स्थानीय बिदा दिने गरी निर्णय गरेको थियो । सोही निर्णय अनुसार पालिका मातहतका सबै कार्यालयमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
विदाका दिन अति आवश्यक सेवा बाहेक पालिका मतहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने पालिकाले जनाएका छन् ।