साझा डायरी,बाणगंगा ।
आजको समयमा सफल उद्घोषक बन्न चाहने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ । सफल उद्घोषक बन्ने चाहनाका साथसाथै त्यसका निमित्त उचित र सहि शिक्षाको आवश्यकता पर्दछ ।
पछिल्लो समयमा उद्घोषणमा युवाहरुको चाहना बढ्दो क्रममा भएतापनि सहि उद्घोषण कसरी गर्ने,उद्घोषकमा हुनुपर्ने गुणहरु के के होलान,मिठो र राम्रो बोलेर कसरी अरुलाई प्रभावित पार्न सकिएला आदि जस्ता साधारण बिषयमा नै धेरैजसो युवाहरु अलमलमा परेको देखिएको छ ।
यस्तै समस्यालाई मध्यनजर गर्दै कपिलवस्तुको बाणगंगा १ बैरिया चोक हाट बजार अगाडी RD कम्प्लेक्समा रहेको नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एण्ड रिसर्च सेन्टर यस्तै उद्घोषक तथा नेतृत्व बिकास गर्न चाहने बिद्यार्थी तथा युवा युवतीहरुलाई लक्षित गरि उद्घोषण तथा प्रभावकारी भाषण कला तालिम सन्चालनमा ल्याउन लागेको छ ।
साथै हालै प्रकाशित कक्षा १२ को नतिजामा एन.जि अर्थात नन् ग्रेड प्राप्त बिद्यार्थीहरुलाई लक्षित गरि बिभिन्न बिषयका ट्युसन कक्षाहरु सन्चालनमा ल्याउन लागिएको संचालक इश्वरराज न्यौपानेले साझा डायरी संग बताउनुभयो ।
उच्च शिक्षा अध्ययन तथा कामदार भिजामा बिदेश जान चाहनेहरुका लागि जापानिज, कोरियन तथा आई.एल.टिएस तथा पि.टि का कक्षाहरु शिघ्र संचालनमा ल्याउन लागिएको अर्का सन्चालक गुरुदेव पौडेलले बताउनुभयो ।