साझा डायरी ।
बाणगंगा नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले जितेको छ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगरकमिटीको आयोजनामा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा कपिलवस्तुको बाणगंगा २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल प्रथम भएको हो ।जसमा बाणगंगा मावि द्धितीय र हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुल तृतीय भएका छन् । प्रथम ज्ञानपुञ्जबाट दिक्षा खनाल, भुवन न्यौपाने र दिव्या गैरे सहभागी थिए ।
त्यस्तै द्धितीय बाणगंगा माविबाट सलिना भुसाल, सन्तोष भुसाल र सुवोध ज्ञवाली तथा तृतीय हथौसा लिटिल स्टारका सागर काफ्ले, विशाल शर्मा र प्रियन्सि वर्मा सहभागी भएका थिए । जस्ले क्रमशः १०, ९ र ८ अंक प्राप्त गरेका थिए ।प्रतियोगितामा १७ वटा विद्यालयहरुले सहभागी जनाएको आयोजक अनेरास्ववियु बाणगंगा नगरकमिटीका अध्यक्ष विक्की सुवेदीले जानकारी दिनुभयो ।विद्यार्थीहरुको मानसिक क्षमता संगै सामान्य ज्ञानमा समेत जानकार गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।