काठमाडौ ।
बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९:१३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत साउन ३ गते विहान ९:५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।