साझा डायरी अनलाइन, जितपुर ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँ लोगाइ क्याम्पस नजिकै रहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युट अहिले विद्यार्थीहरुको रोजाईमा छ । विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एन्जल्स कम्प्युटर ईन्स्टिच्युटले सबैले रुचाएको कोर्श १.५ बर्षे डिप्लोमा , अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ ,हार्डवयर , भिडियो ग्राफिक लगायत विभिन्न कोर्षहरुको कक्षाहरू संचालन गर्दै आइरहेको छ ।
कम्प्युटरका विभिन्न नयाँ नयाँ कोर्श थप्दै विद्यार्थीहरुको लागी सेवा दिदै आइरहेको इन्स्टिच्युटले यो बर्ष पनि “WEB DEVELOPMENT” र animation जस्ता नयाँ कोर्शहरु थपिएका छन् । ।परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले जानकारी दिनुभयो । ईन्स्टिच्युटले जिल्लामै कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीको मन जित्न सफल भएको छ ।
विगत ६ वर्षको अवधिमा करिब १५०० भन्दा बढी विद्यार्थीहरुले कम्प्युटर सम्बन्धि विभिन्न सिप प्रदान गरीसकेको छन ,ति मध्ये अधिक्तम विद्यार्थीहरुले बैकं,कम्प्युटर अप्रेटर,विभिन्न सघंसस्था तथा व्यवसायहरुमा कार्यरत छन् । यस इन्स्टिच्युटमा हाल पनि ३ सय भन्दा बढी विद्यार्थीहरु विभिन्न कोर्शमा अध्यानरत रहेको इन्स्टिच्युटका डाइरेक्टर शर्माले बताउनु भएको छ । त्यस इन्स्टिच्युटमा पढेका अधिक्तम विद्यार्थीहरु बेरोजगार भएर बस्नु परेको छैन् । केहि कपिलवस्तु ,बाहिरी जिल्ला तथा देश भन्दा बाहिर पनि विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् । हाल अभ्ययनरहत विद्यार्थीहरु मध्ये शत प्रतिशत सन्तुस्ट रहेका छन् । उक्त इन्स्टिच्युटमा कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, गल्मी, रुपन्देही लगायत विभिन्न जिल्लाबाट कलेज पढ्न आएका विद्यार्थीहरुले उक्त इन्स्टिच्युट बाट विभिन्न कोर्शहरु गरेको उहाँले बताउनु भएको छ ।