साझा डायरी अनलाइन, जितपुर ।
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि बिदेशका बिभिन्न शहरमा जाने बिद्यार्थीहरुको संख्या बढ्दै गएको छ । यसरी उच्च शिक्षा अध्ययनका लागि हाल जापान, अस्ट्रेलिया, क्यानडा लगाएतका शहर प्रख्यात छन् ।
यसैबिच बाणगंगाको ४ नम्बरमा अवस्थित क्लिक ईन्टरनेशनल एजूकेशन यस्तै बिद्यार्थीहरुको रोजाईमा पर्दै गएको छ । क्लिक ईन्टरनेशनल एजूकेशनमा हाल जापानिज भाषा, आयल्स र पिटिईका कक्षाहरु सन्चालन भैरहेको संचालक पृथ्वी पौडेलले साझा डायरी संग बताउनुभयो ।
संचालक पौडेलका अनुशार क्लिक ईन्टरनेशनल एजूकेशनले अन्य एजुकेशनल संस्थाहरु भन्दा बिद्यार्थीहरुको शुल्कमा बिशेष छुट दिएको बताउनुभयो । पौडेलले बिद्यार्थीहरुको भिजा (ईन्टेक) निश्चित नभएसम्मनै भाषा अध्ययनका अतिरिक्त शुल्क नलिएको र समय पनि नतोकिएको बताउँदै बिद्यार्थीहरुले ढुक्कका साथ भाषा अध्ययन गर्न पाउने र आफ्नो रोजाई अनुशारको कुनै पनी शहर छान्न पाउने कुरामा विश्वस्त रहन पनी आग्रह गर्नुभयो ।
त्यस्तै हाल जापान अध्ययनका निम्ति अप्रिल २०२४ को भर्ना प्रक्रिया सुरु भएकाले समयमै सिट सुरक्षित गर्न अनुरोध गर्नुभयो । क्लिक ईन्टरनेशनल एजूकेशनबाट हरेक दिन अनलाइन तथा अफलाइन कक्षाहरु पनी संचालन भैरहेको छ ।