बुटवल
बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा आगो लागेको छ ।बुटवल कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २– ०३–१११ ख २५११ नम्बरको मालबहाक ट्रकमा एक्कासी आगो लागेको हो ।
प्रहरीले गाडी भित्र खाना पकाउने क्रममा लागो आगो लागेको हुन सक्ने बताएको छ । चालक र सहचालकले गाडी रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ । गाडीमा आगो लागेपछि स्थानीय र सडक यात्रीले पानी प्रयोग गरेर निभाएका थिए । स्थानीय र पैदलयात्रीले आगो नियन्त्रणमा लिएपछि दमकल आएको थियो ।