कपिलवस्तु ,साउन २९।
पहिलाे पाईला नेपाल सुन्दरहरैचा शाखाकाे आयाेजनामा ”सडक दुर्घटना न्युनिकरणमा पहिलो पाईला” भन्ने मुल मर्मका साथ जेब्रा क्रसिङ्ग निर्माण गरेकाे छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुन्दरहरैचा नगरपालिका ३ गछिया चाेकमा सडक दुर्घटना न्युनिकरण तथा पैदल यात्रुकाे सहज आगागमनकाे लागि जेब्रा क्रसिङ्ग निर्माण गरिएकाे हाे । ट्राफिक प्रहरीकाे समन्वय तथा पहिलाे पाईला नेपाल सुन्दरहरैचा शाखाकाे आयाेजना तथा ब्यबस्थापनमा जेब्रा क्रसिङ्ग निर्माण गरिएकाे पहिलाे पाईला नेपाल सुन्दरहरैचा शाखाका अध्यक्ष मिलन लुईटेलले बताए । पहिला निर्माण गरिएकाे जेब्रा क्रसिङ्ग मेटिएकाे तथा साेहीकारण पैदलयात्रुकाे अागगमनमा समस्या सिर्जना भएकाेले सहज तथा सुरक्षित सडक वारपारकाे निम्ति पहिलाे पाईला नेपालले विगतमा समेत जेब्रा क्रसिङ्ग निर्माण गरेकाे स्मरण गर्दै ट्राफिक प्रहरी कार्यालय सुन्दरहरैचाका कार्यालय प्रमुखले पहिलाे पाईला नेपाल लाई धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे ।
पहिलो पाइला नेपाल बुद्धभूमि शाखाद्वारा १ महिने नि: शुल्क कम्प्युटर तालिम सम्पन्न
कपिलवस्तु । पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले “सधैँ परिवर्तनका लागि” भन्ने मूल नाराका साथ सामाजिक कार्यका लागि उद्यमशीलता कार्यक्रम अन्तर्गत...
Read more