ललितपुर ३ असार । नेपाली कांग्रेसले थप ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य लिएको छ । मङ्गलबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्दै महामन्त्री गगन थापाले यसबारे जानकारी दिए ।थापाकाअनुसार २०८० साउन २० देखि २०८१ असार ३१ सम्म सदस्य थप्नका लागि अभियान चलाइनेछ । “कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ,” महामन्त्री थापाले भने ।१४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्य थिए।
समयथान बहुमुखी क्याम्पसकाे क्याम्पस सम्मेलन : अध्यक्षतामा गैरे
कपिलवस्तु । अनेरास्ववियु समयथान बहुमुखी क्याम्पसको क्याम्पस सम्मेलन आज सम्पन्न गरिएको छ । उक्त सम्मेलन बाट केशव गैरेकाे अध्यक्षतामा ४१...
Read more