नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ तथा प्रदेश सभा ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशन वाणगंगा नगरपालिका–११ ओदारी स्थित सामुदायिक सभाहलमा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनबाट क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अब्दुल मन्नान खाँ सर्वसम्मत चयन भएका छन्। सचिवमा विनोदकुमार उपाध्याय, सहसचिवमा कृष्णप्रसाद सापकोटा र सन्तोष यादव तथा कोषाध्यक्षमा राजकुमार बरई चयन भएका छन्।

त्यसैगरी, प्रदेश सभा ‘क’ को क्षेत्रीय सभापतिमा भगवान दास चौधरी चयन भएका छन्। उपसभापतिमा चुरामणि घिमिरे र अतिकुर रहमान, सचिवमा मदन केसी र विजय चौधरी तथा सहसचिवमा सरस्वती जिसी चयन भएका छन्।
प्रदेश सभा ‘ख’ को क्षेत्रीय सभापतिमा परमेश्वर पाठक (सिडिओ) चयन भएका छन्। उपसभापतिमा अब्दुल तौवाव र घिराउ प्रसाद यादव, सचिवमा राममिलन चौधरी र राम सुरेश यादव, सह सचिवमा वालजी प्रसाद चौधरी र जगवत कोरी तथा कोषाध्यक्षमा देवेन्द्र राज पाण्डे चयन भएका छन्।तीन वटै तहमा महाधिवेशन प्रतिनीधीमा युवा नेता आशिस शर्मा , डोलकराम घिमिरे , दुनिका भुषाल,तिलक थापा, तिलक राम पाण्डे, टिआर लगायतका ३३ जना प्रभावशालि नेताहरु र लुम्बिनी प्रदेशका लागि २० जना प्रतिनीधीहरु सर्वसम्मत रुपमा चयन भएका छन् ।

कांग्रेसको केन्द्रीय तहमा जारी महाधिवेशन र आधिकारिकता सम्बन्धी विवादको पृष्ठभूमिमा यो अधिवेशनले संगठनात्मक एकता, वैधानिक प्रक्रिया र नेतृत्वको स्वीकार्यताबारे पनि चासो बढाएको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिले पार्टीको आधिकारिकता सम्बन्धी विवाद र नियमित महाधिवेशनको प्रक्रियाबारे धारणा राख्दै सर्वोच्च अदालतको निर्णय महत्त्वपूर्ण हुने बताएका थिए ।

उनको दाबीअनुसार, जेन्जी आन्दोलनका क्रममा पार्टी सभापति अस्पतालको शैयामा रहेको अवस्थामा किर्ते हस्ताक्षर संकलन गरेर बिशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएको विषय विवादको केन्द्रमा रहेको छ । उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले नै पार्टीको आधिकारिकता पाउने सम्भावना बलियो रहेको दाबी गरेका थिए ।

पार्टीको आधिकारिकता केवल कुनै समूहको राजनीतिक दाबी वा शक्ति प्रदर्शनबाट टुंगिने विषय नभई विधान, वैधानिक प्रक्रिया र न्यायिक परीक्षण सँग जोडिएको विषय हो। त्यसैले विवादको अन्तिम निरूपण अदालतको फैसलाबाट हुने उनको आशय रहेको थियो ।

यद्यपि, अदालतको अन्तिम फैसला नआइसकेको अवस्थामा कुनै पक्षले आधिकारिकता पाउने विषयलाई निश्चित निष्कर्षका रूपमा प्रस्तुत गर्न मिल्दैन। आरोपित अनियमिततासम्बन्धी विषय पनि सम्बन्धित प्रमाण र न्यायिक निर्णयका आधारमा नै टुंगिनुपर्ने हुन्छ।कार्यक्रममा सहभागी युवा नेता आशिष शर्माले पनि कांग्रेसको संगठन, नेतृत्व र महाधिवेशनको प्रक्रियाबारे धारणा राखेको बताइएको छ।

क्षेत्रीय अधिवेशनको अध्यक्षता क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल्ला मन्नान खाँले गरेका थिए। कार्यक्रममा कमलेशकुमार शर्मा (पूर्वमन्त्री), आशिष शर्मा र हरिराज घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए।कार्यक्रममा क्षेत्र नं. १ निर्वाचन संयोजक कृष्णप्रसाद ज्ञवाली, प्रदेश सभा ‘क’ का निर्वाचन संयोजक मनोज पौडेल, प्रदेश सभा ‘ख’ का निर्वाचन संयोजक कृष्णप्रसाद बरई, कार्यक्रम संयोजक दुर्गाबहादुर केसी तथा जिल्ला सचिवालय सचिव विनोद घिमिरेलगायत नेता, कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।