काठमाडौं,२६ असार । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए। क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन्।दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका जीवन विकले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’दुर्घटनास्थलबाट ६ जनाको शव भेटिएको छ। शव कता पठाउने भन्नेबारे छलफल भइरहेको छ।
हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए। मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको ९ एनए- एमभी कल साइन नम्बर भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।