दाङ, २५ असार । दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ ।
पहिरोमा परेर ६५ वर्षीय बलिराम खत्रीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
शनिवार हिजो बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएको पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ ।
पहिरोमा परि उहाँको घटनास्थलै ज्यान गएको थियो ।