काठमाडौं, २४ असार । बैवाहिक बलात्कारको आरोप लागेका पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी न्याय माग्दै पछिल्लो १५ दिनदेखि माइतिघर मण्डलामा आमरण अनशन बस्दै आइरहेकी छिन् ।
आरतीसँग दोस्रो बिवाह गरेका गिरीले आफूलाई श्रीमती बनाउछु भन्दै पटक (पटक यौन शोषण गरेको श्रीमती आरतीको आरोप छ । यसअघि उनले जिल्ला अदालत काठमाडौंमा पूर्व न्यायाधीश गिरीविरूद्ध बलत्कार मुद्दा दायर गरेकी थिइन् ।
चर्को दबाबपछि लुम्बिनी जिल्ला प्रहरी कार्यालयले पूर्वन्यायाधीश गिरीलाई पक्राउ गरेको थियो। पूर्वन्यायाधीश गिरी पक्राउ परे पनि शक्तिको पहुचमा छुटेको श्रीमती आरतीको आरोप छ । न्यायालयले आफूमाथी अन्याय गरेको भन्दै न्याय पाउन आमरण अनशन बस्न बाध्य भएको उनी बताउछिन् ।
श्रीमती आरतीले बलात्कार आरोपी पूर्व न्यायाधीश गिरीलाइ थुनामा राखी अनुसन्धान गर्न माग गरेकी छन् । उनी पूर्व न्यायाधीश गिरीको सरकारी सेवा सुविधा खारेज गरि पीडितको गाँस,बास ,कपास र औषधि उपचारको उचित ब्यवस्था गर्नुपर्ने लगायत ७ बुँदे माग राख्दै आमरण अनशनमा बस्दै आएकी हुन् ।
बलात्कार जस्तो जघन्य अपराध लागेका आरोपी गिरीलाइ खुलेआम छोड्नु भनेको न्यायालयले गलत नजिर स्थापित गर्न खोजेको आरोप समेत पीडित आरतीले लगाएकी छिन् ।