Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार

न्युज डेस्क न्युज डेस्क
२०८० असार २३, शनिबार १२:०० AM
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार

दाङ, २३ असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ ।

प्रतिष्ठानमा विस्तारित सेवा ९इएचएस० सुरु हुने भएको छ । विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने प्रतिष्ठानका उपकुलपति डा।विकास लामिछानेले बताए । उनले विस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले दुर्त गतिमा पाउने बताए । विस्तारित सेवा हरेक दिन दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने छ्न । अस्पतालमा आउने बिरामीहरुले जनरल बाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपति डा।लामिछानेले जानकारी दिए ।

यसैगरी प्रतिष्ठानले पोषण पुनः स्थापना गृहबाट ४२ कुपोषित बिरामीलाई उपचार सेवा दिएको जनाइएको छ । २०७० सालमा रु ६० लाखको लागतमा दुईतले भवन बनाएर पाँच वर्ष आफैंले चलाएर २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात् सञ्चालनमा ल्याउने प्रयास गरिए पनि २०७८ पुस १ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । पोषण पुनःस्थापना गृहबाट साबिक राप्तीका दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको जानकारी गराइएको छ ।

पोषण अधिकृत सर्जु बरालले हाल ६ शय्याबाट सेवा प्रदान गर्दै आएको जानकारी गराउँदै हालसम्म ४२ भर्ना भएकामा ३६ ‘डिस्चार्ज’ भएको र ६ उपचाररत रहँदा एक जनालाई भने ‘रिफर ’गरिएको बताए । उनका अनुसार २०७८ को पुसमा एक, माघमा एक, फागुनमा सात, चैतमा आठ, वैशाखमा १०, जेठमा ८ असारको १४ गतेसम्म सातजना भर्ना भएकामा उपचारपछि ३६ डिस्चार्ज भएको जानकारी दिए ।


उपचारका लागि आउने बिरामीहरुलाई पोषण सुरक्षासहित आहार, औषधि, उपचार निःशुल्क, जाँच परीक्षण, चिकित्सकको निर्देशनअनुसार औषधि पनि हुने गरेको बताइएको छ । उपचारका लागि सबैभन्दा सल्यानबाट कुपोषित बिरामी आउने गरेको जानकारीसमेत गराइएको छ । उपकुलपति डा। लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदाय स्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । समुदायमा रहने नागरिकको स्वास्थ्यका लागि वडास्तरबाटै पहल हुनुपर्ने भए पनि अहिले पनि स्थानीय सरकार पूर्वाधार निर्माण मात्रै केन्द्रित हुँदा मानवीय विकास पछि पर्दै गएको उनले भने, “मानव विकास सूचकाङ्क सुधार गर्न उनीहरुको आधारभूत तहको सेवा र सुविधामा ध्यान दिनुपर्छ, जसका लागि समुदाय स्तरमा सचेतना पुर्याउनुपर्छ ।”

उनले अहिलेको भौतिक विकासले मानिसलाई धेरै कुरामा प्रभाव पार्दै लगेको हुँदा सचेत नागरिक, सेवा प्रवाहमा खटिने निकायले सही सूचना र सन्देश दिँदै मानवीय जोखिमबाट बचाउनुपर्ने बताए । समुदाय स्तरमा सुआहारा जस्ता कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । प्रतिष्ठान अस्पताल निर्देशक डा।प्रज्ञा बस्नेतले हालको सेवासुविधा बढाउन पूर्वाधार विकासमा ध्यान दिने बताए । सेवाको पहुँचसँगै आम नागरिकमा पोषण सुरक्षाका बारेमा सही जानकारी दिने गरी प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै जाने उनको भनाइ थियो ।

सुआहाराका रोशन पौडेलले दाङमा एक हजार दुई सय बढी कुपोषित बिरामी रहेको जानकारी गराउँदै समुदाय स्तरमा पुगेर उनीहरुको उपचार गर्न चुनौतीपूर्ण बन्दै गएको बताए । उनले जानेका व्यक्तिले लापरबाही गर्ने तथा दूरदराजका नागरिकहरुले नजानेरै कुपोषणको सिकार हुने क्रम रहेको बताए ।

“कतिपय अत्यन्तै विपन्न भएकै कारण बालबालिका कुपोषणको सिकार भएका छन् भने कतिपय पोषण स्वास्थ्यका बारेमा जानकारी नपाएर प्रभावित भएका छन् यसमा सबै पक्षको सहयोग चाहिन्छ”, उनले भने, “वडाले यस्ता कुरामा पहल गर्नु जरुरी छ, त्यसका लागि लक्षित बिरामीको उपचारमा वडाले पहुँच बढाउनु पर्छ ।” जिल्लामा अहिले कडा खालको कुपोषित बिरामी करीव ४ सय बढी रहेको पनि जानकारी गराए । कुपोषण दर घटाउन र स्वस्थ नागरिक बनाउन समुदाय स्तरबाटै स्वास्थ्य सचेतना बढाउनुपर्ने हुँदा स्थानीय सरकारसँगको सहकार्यमा अब बृहत् रुपमा कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

Read more
सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

कपिलवस्तु । २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा सञ्चारिका समूह कपिलवस्तुले मानवीय सेवाको उदाहरणीय कार्य प्रस्तुत गरेको छ। समूहले सोमबार...

Read more
बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ गजेहडास्थित चारनम्बर–तौलिहवा सडकखण्डमा निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्ति सोमबार अनावरण गरिएको छ। २५६९ औं बुद्ध...

Read more
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...

Read more
बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको...

Read more
राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मानव अधिकार विरुद्ध गैरकानुनी गति विधि गरेको आरोप लागेको छ । वाणगंगा नगरपालिका–४...

Read more
प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।उनको सचिवालयका अनुसार मंगलबार राति...

Read more
बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले...

Read more
आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

काठमान्डौं । प्रतिनिधि सभाको बैठक बुधबार बिहान बस्दैछ।आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media