कपिलवस्तु २० असार।सशस्त्र प्रहरीले भारतबाट अबैधरुमा नेपाल भित्राइएको अबैध मल लगायतका १२ लाखको सामान बरामद गरेको छ । एक पिक अप भ्यान, २ मोटरसाईकल सहीत सो अबैध सामान पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २८ हेडक्वाटर कपिलवस्तुका मातहतमा रहेको बिओपी चाकरचौडाले सुद्धोदन गाउपालिका वडा नम्बर ३ कोठियाघाटमा भारतबाट अबैधरुपमा भित्राइएको ३८ बोरा युरिया मल ८० केजी माछा र रा १ च ११६८ नम्बरको पिक अव भ्यान बरामद गरको छ ।
सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले सिमा नाकाहरुमा बिओपी स्थापनासंगै सिमा नाकामा कडाई गरिए पछि अहिले धमाधम तस्करी गरि ल्याइएको सामान बरामद हुन लागेको बताए । यस्तै अनुगमन र निग्रानी बढाउदा २ वटा मोटरसाईल र भारतबाट ल्याइएको बिभिन्न सरसामान समेत बरामद भएको उनले बताए । बरामद सामान र गाडी भन्सारलाई बुझाइएको उनले बताए ।
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
Read more