प्युठान १९ असार । प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा रहेका धान खेती हुने खेतहरुमध्ये ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ ।जिल्लाभर ६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कार्यालय प्रमुख भाष्कर पौडेलले बताउनुभयो । यो लुम्विनी प्रदेशकै सबै भन्दा धेरै रोपाई भएको जिल्लामा परेको छ ।
। उहाँले कृषकलाई उन्नत जातका बीउ, मल, कृषि औजार, रोग कीरा नियन्त्रणमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । जिल्लामा धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले काम गर्दै आएको छ । चैते धान र बर्खे धान गरी दुई बाली धान खेती विस्तार गरी उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दै आएको कार्यालय प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो ।कार्यालयको तथ्याङ्क अनुसार जिल्लालाई ३१ हजार मेट्रिकटन चामल आवश्यक पर्छ । तर जिल्लामा वार्षिक २८ हजार मेट्रिकटन मात्र धान उत्पादन हुन्छ । जसबाट २० हजार मेट्रिकटन मात्र चामल उत्पादन हुन्छ । करीव ११ हजार मेट्रिकटन चामल अपुगलाई पूरा गर्न दुईबाली धान खेती गर्नुपर्ने उहाँको भनाइ छ ।
जाडो बढेपछि कपिलवस्तुका ६ पालिकामा विद्यालय बन्द
कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत...
Read more