युनिक भुसाल ​बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले अशक्त, अपाङ्गता भएका तथा बाहिर निस्कन नसक्ने असहाय नागरिकहरूका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण अभियान सञ्चालन गरिरहेको छ।

​वडा कार्यालयसम्म धाउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकहरूलाई सास्ती नहोस् भन्ने उद्देश्यले वडा कार्यालयका प्रतिनिधि तथा कर्मचारीहरू आफैं जनताको घर-घरमा पुगेर सेवा प्रवाह गरिरहेका छन्।

​घरदैलोमै सेवा पुगेपछि स्थानीय असहाय तथा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन्। वडाका लक्षित वर्गलाई सहजरूपमा सेवा दिनका लागि घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेको वडा सदस्य शैलेन्द्र बेल्बासेले बताउनुभयो।