काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपरिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।

बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको हो।

बुधबार दिउँसो १ः३५ बजे जारी गरिएको सूचनामा अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।