एटलेटिको मड्रिडसँग समग्रमा ४–३ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलबाटै बाहिरएको छ ।मंगलबार सम्पन्न दोस्रो लेगमा ३–० को सहज जित निकाले पनि त्याे बार्सिलोनालाई पर्याप्त बन्न सकेन । टोलीले पहिलो लेग ४–० ले गुमाएको थियो ।

क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन मार्क बर्नलले २ तथा राफिन्हाले १ गोल गरे ।खेलको २९औँ मिनेटमा बर्नलको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले लामिन यामलको क्रसलाई वान टचमै पोस्टको दिशा दिए ।

पहिलो हाफको इन्जुरी समयमा रोफिन्हाले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । ७२औँ मिनेटमा बर्नलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यसपटक उनले जोआओ कान्सेलोको थ्रु पासलाई वान टचमै जाली चुमाए ।

एट्लेटिको मड्रिडले उपाधिका लागि रियल सोसिडाड वा एथलेटिक्स क्लबमध्ये एकको सामना गर्नेछ ।