काठमाडौँ ।

सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउले पनि नयाँ कीर्तिमान कायम गरेको छ । चाँदी आज तोलामा २ सय ८५ रुपैयाँले बढेर तोलाको ६ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको ६ हजार ४ सय ८० रुपैयाँ थियो ।