कपिलवस्तु । सशस्त्र प्रहरी बल र भन्सार गस्तीको संयुक्त टोलीले तस्करी गरी भित्र्याइएका १८१ बोरा भारतीय युरिया मल बरामद गरेको छ।संयुक्त टोलीले कपिलवस्तुको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाईउड इन्डस्ट्रिज प्रालि मा छापा मार्दा उद्योग परिसरभित्र लुकाइ राखिएको अवस्थामा भारतीय युरिया मल फेला परेको हो।

बरामद गरिएको युरिया मल आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा ल्याइएको भन्सार कार्यालयका सूचना अधिकृत मयङ्क कुमार कर्णले जानकारी दिनुभयो। उहाँका अनुसार मल भन्सार प्रक्रिया बिना नै अवैध रूपमा भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने भन्सार कार्यालयले जनाएको छ।