काठमाडौँ ।

सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय रुपैयाँ थियो ।