काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम स्थिति सार्वजनिक गरेको छ । सोमबार बिहान ८ बजे जारी गरिएको बुलेटिनका अनुसार, देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको कारण अधिकांश स्थानमा मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति भने देशभर मौसम पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ ।