काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।