काठमाडौं, १९ असोज

शुक्रबार र शनिबारको लगातार वर्षाका कारण देशभर बाढी र पहिरोको ठूलो प्रभाव परेको छ । यसबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर विभिन्न स्थानमा बाढी र पहिरोका कारण ५२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सबैभन्दा धेरै क्षति कोशी प्रदेशका जिल्लाहरूमा देखिएको छ । केवल इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, पाँचथरमा ८, उदयपुरमा २ र खोटाङमा २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा बाढीका कारण ३ जनाको मृत्यु भएको छ ।