रुपन्देही । रूपन्देहीको मायादेवी गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा समरिमाई गाउँपालिका–३ थुमहवा बस्ने ३२ वर्षीय हरिचन्द्र तेली रहेका छन्। उनलाई सोमबार दिउँसो लु.५८ प २२३१ नम्बरको मोटरसाइकलमा सवार रहँदा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले तेलीलाई नियन्त्रणमा लिएर उनको साथबाट बुप्रेनोर्फिन १०० एम्पुल, डाईजेपाम १०० एम्पुल र प्रोमेथाजाइन १०० एम्पुल बरामद गरेको हो।पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।