कपिलवस्तु । छोटो समयमै ग्राहकहरूको विशेष मन जित्न सफल भएको प्रांशु फेशन कलेक्शनले अब बच्चाहरूका लागि विशेष ‘बेबी जोन’ स्थापना गरेको छ। दर्शन चोकस्थित पृथ्वीनारायण शाहको सालिक छेवैमा रहेको यो पसल सस्तो मूल्यमा गुणस्तरीय कपडा उपलब्ध गराउने केन्द्रका रूपमा लोकप्रिय बन्दै गएको छ।बेबी जोन पहिले प्रांशु स्टेसनरी रहेको सटरमा स्थापना गरिएको हो। नयाँ व्यवस्थापन र सटर पुनःविन्यासले पसल थप व्यवस्थित र आकर्षक बनेको छ, जसले गर्दा ग्राहकलाई कपडा किन्न, हेर्न र रोज्न अझ सहज भएको छ।

स्थायी मूल्य दर रु ९०, १९०, २९०, ३९०, ४९० र सो भन्दा माथिको श्रेणीमा महिला, पुरुष र बालबालिकाहरूका लागि आकर्षक कपडा उपलब्ध गराउँदै आएको यस पसलले अहिले नवजात शिशुदेखिका बालबालिकाका लागि आवश्यक कपडा तथा खेलौना सामग्रीहरू उपलब्ध गराउने गरी ‘बेबी जोन’ सञ्चालनमा ल्याएको हो।संचालिका बबिता शर्माका अनुसार, पछिल्लो समय कपिलवस्तु मात्र नभई अर्घाखाँची लगायतका विभिन्न ठाउँबाट पनि ग्राहकहरू नियमितरूपमा कपडा खरिद गर्न आइरहनुभएको छ । सामाजिक सञ्जालमार्फत धेरैले प्रांशु फेशन कलेक्शनलाई गुणस्तरीय र सस्तो कपडाको भरपर्दो गन्तव्यको रूपमा चिनेका छन्।


उहाँले स्वदेशमै निर्मित पोशाकलाई प्राथमिकता दिँदै बिदेशी ब्रान्डलाई पनि ग्राहकको मागअनुसार उपलब्ध गराउँदै देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउने उद्देश्यले व्यापार सञ्चालन भइरहेको बताउनुभयो। ग्राहकको चाहनाअनुसार ट्रेन्डिङ र ब्रान्डिङका पहिरनहरू उपलब्ध गराउने, साथै घरमै बसिबसी सामान पाउने व्यवस्था स्वरूप अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गरिएको छ।

आर्थिक मन्दी र विदेशिने बाध्यताको बीच पनि आत्मनिर्भर बन्ने र स्वदेशमै रोजगारी तथा व्यवसायको सम्भावना देखाउँदै स्थापना गरिएको यस व्यापारिक प्रयासप्रति ग्राहकहरूले देखाएको साथ, माया र विश्वासप्रति उहाँले आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा अझ नयाँ सेवा थप्दै ग्राहकहरूको अपेक्षामाथि खरो उत्रन सक्ने प्रतिबद्धता जनाउनुभयो।