बाणगंगा । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सिद्धार्थ क्याम्पसले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा आउदै गरेको महान चार्ड विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । स्ववियुले आज शुक्रबार क्याम्पसको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पसको आयोजना र कक्षा १२ का विद्यार्थीहरुको सहजिकरणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी तथा सिद्धार्थ क्याम्पस सञ्चालक समिती उपाध्यक्ष रबि बहादुर काफ्लेले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै यस क्याम्पसको शैक्षिक गुणस्तर उच्च रहेको दाबी गरे उनले विद्याथीैहरुलाई यस क्याम्पसमा पढ्न इच्छा हुदाँ पनि गरिवीका कारण पढ्न नस्कने भएमा त्यस्ता विधार्थीहरुलाई विशेष छुटमा पढाउने प्रतिबद्दता जनाएका छन ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी तथा सिद्धार्थ क्याम्पसका प्रमुख बेदराम अर्यालले सिद्धार्थ क्याम्पस नेपालमै नाम चिनाउन सफल र उत्कृष्ट क्याम्पस रहेको हुदाँ अरु विधार्थीहरुलाई सिद्धार्थ क्याम्पसमा आई अध्ययन गर्न आग्रह गरे ।यस्तै कार्यक्रममा सहायक क्याम्पस प्रमुख कमल पोख्रेल,गोविन्द खनाल ,पूर्व क्याम्पस प्रमुख खेमराज शर्मा, प्लस टु कोडिनेटर राजकुमार अर्याल लगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा स्ववियु अध्यक्ष निल कमल थारुले विद्यार्थीहरुको हकहितका लागि स्ववयिु सदैव तयार रहेको बताए । उनले विद्यार्थीहरुलाई पर्न सक्ने शैक्षिक तथा अन्य समस्याहरुको सामना गर्ने पनि बताए । उक्त कार्यक्रम सिद्धार्थ क्याम्पस स्ववियु सचिव पशुपति गिरीको सञ्चालनमा भएको थियो भने कार्यक्रममा स्वागत मन्त्व्य स्ववियु सह सचिव अमृता खनालले राखेकी थिइन् । सो कार्यक्रममा कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरु स्ववि सदस्य रोशन क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।