काठमाडौं ।

मनसुन थप सक्रिय हुने भएको छ । न्यून चापीय रेखा थप केहीदिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ सक्रिय हुने सम्भावना रहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलिदेखि आइतबारसम्म देशभर धारणतयादेखि पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले ३० जिल्लाई जोनुमा राखेको छ ।