काठमाडौं । जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ ।जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो ।

ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड समेत जाेखिममा परेकाे छ । वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयहरूले बताएका छन्।