कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको नव जागृति सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गरिएको छ।

सातौँ अधिवेशन सम्पन्न भएको केही महिनामै पुरानो कार्यसमिति विघटन गरिएको हो। त्यसपछि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा पदमलाल अधिकारी चयन भएका छन् भने उपाध्यक्षमा बेलमाया पुन, सचिवमा नरमाया पुन, कोषाध्यक्षमा लिल बहादुर राना र सह–सचिवमा शिव पाण्डे चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले वन व्यवस्थापन, संरक्षण तथा उपभोक्ताको हितमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।