दाङ — जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिए ।

घोराही–१६ ठोक्रिया बस्ने मगर आज दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता हुनुभएको थियो । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।