कपिलवस्तु । भीडमा उभिएर चर्का भाषण गर्ने परम्परागत राजनीतिभन्दा फरक पहिचान बनाउँदै आएका — कृष्ण बहादुर कुँवर। बाणगंगा नगरपालिका वडा नं. ४, गजेहडाका कुँवर कपिलवस्तु–१ मा ‘भाषण होइन, कामले बोल्ने’ उम्मेदवारका रूपमा जनतामाझ स्थापित हुँदै गएका छन्।

कुँवरका अनुसार राजनीति चुनाव जित्नका लागि मात्र होइन, निरन्तर सेवा, विश्वास र विकासको माध्यम हुनुपर्छ। यही मान्यतालाई उनले व्यवहारमै उतार्दै आएका छन्।
धार्मिक तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै कुँवरले बाणगंगा–८ स्थित लौगाइ गणेश मन्दिर लाई एक लाख रुपैयाँ र भागिरथी गौशाला लाई पाँच लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग गरेका छन्।

त्यसैगरी, बाणगंगा–३ गगौलियामा विद्युतीकरण, पुल निर्माण, मगर टोलमा बिजुली पोल स्थापना, तिलकनामा गाउँभित्र सडक निर्माण तथा विद्युत् कार्यालयसँगको समन्वयमा चम्किपुरमा ट्रान्सफर्मर जडान सफल गरिनु उनको विकासप्रतिको स्पष्ट दृष्टिकोणको प्रमाण हो।

राजनीतिमा धेरैले योजना देखाउँछन्, तर कुँवरले आफ्नै मिहिनेत र परिश्रमको कमाइ समाजमा लगानी गरेर काम देखाएका छन्। केन्द्र र प्रदेश सरकारसँगको समन्वयमा कुँवरकै पहलमा सिउटीभित्रका गाउँ सडक कालोपत्रे गर्न एक करोड रुपैयाँ बजेट विनियोजन हुनु यसको ठोस उदाहरण हो।

शिक्षा र स्वास्थ्यलाई उनले राजनीतिभन्दा माथि राखेका छन्। जनता माध्यमिक विद्यालय पिपरालाई एक लाख ५० हजार, बाणगंगा माध्यमिक विद्यालयलाई १० लाख सहयाेग गरि १ कराेडकाे अक्षयकाेष स्थापना र चार नम्बर सामुदायिक अस्पताललाई दुई लाख रुपैयाँ सहयोग गर्नुका साथै वडा नं. ९ मा आँखा तथा पाठेघरसम्बन्धी स्वास्थ्य शिविर आफ्नै खर्चमा सञ्चालन गर्नुले ‘सेवा पछि राजनीति’ भन्ने उनको सोचलाई उजागर गर्छ।

धार्मिक तथा सामुदायिक पूर्वाधार निर्माण, खेलकुद प्रवर्द्धन, ज्येष्ठ नागरिक, आमा समूह, युवा क्लब, राइडर्स क्लबदेखि कुवर समाजलाई एम्बुलेन्स खरिदका लागि १० लाख रुपैयाँ सहयोगसम्म पुग्दा कुँवरको राजनीतिक आधार घोषणा होइन, योगदानबाट बनेको देखिन्छ।

बाढीपीडित, आर्थिक रूपमा परिवार, अति गरिब तथा जेहेन्दार विद्यार्थीलाई गरिएको प्रत्यक्ष सहयोगका कारण स्थानीयहरू उनलाई उम्मेदवार मात्र होइन, संकटका बेला साथ दिने नेता का रूपमा लिन्छन्। राजनीतिप्रति विश्वास संकट गहिरिँदै गएको वर्तमान समयमा कपिलवस्तु–१ मा कृष्ण बहादुर कुँवर जनताले खोजिरहेको ‘काम गर्ने प्रतिनिधि’ का रूपमा उदाइरहेका छन्।