काठमाडौँ ।

इरानमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्कन नेपाल सरकारले आग्रह गरेको छ ।

इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै नेपाली नागरिकलाई इरान भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई यथाशीघ्र देश छाड्न आग्रह गरेको हो ।

मन्त्रालयले आपत्कालीन अवस्थामा इरानबाट बाहिरिन सहज होस् भनेर राहदानी, परिचयपत्रलगायत आवश्यक यात्रा कागजात तयारी अवस्थामा राख्नसमेत अनुरोध गरेको छ ।

ट्राभल एड्भाइजरीमा इरानमा रहेका नेपाली नागरिकले आवश्यक समन्वय तथा सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहास्थित नेपाली दूतावाससँग सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ ।