काठमाडौँ ।

हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज उति नै घटेर अस्ति बुधवारकै मूल्यमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार पनि सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ नै थियो ।

आज एकै दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो । यस्तै, चाँदीको भाउ पनि हिजोको तुलनामा घटेर आज तोलाको ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ७ हजार ५ सय ५ रुपैयाँ थियो ।