काठमाडौँ ।

सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको भाउले पनि कीर्तिमान कायम गरेको छ । चाँदीको मूल्य आज तोलामा ४ सय ३० रुपैयाँले बढेर तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ६ हजार ८ सय ७० रुपैयाँ थियो ।