काठमाण्डौ ।

सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।

सुनसँगै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ थियो ।

विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग बढेकाले मूल्यमा वृद्धि भएको विश्लेषण गरिएको छ ।