काठमाडौँ — सिनामंगलबाट गैरीगाउँ जाने तर्फ कारखाना छेउको टहरोमा आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको सूचना पाएपछि महानगरको दमकल पठाइएको छ ।

महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी भन्छन्, “के भएको यकिन जानकारी छैन, एउटा कारखानामा आगलागी भएको जानकारी आएको छ । दमकल गइसकेको छ ।”

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ ।

त्रिभुवन विमानस्थलको कार्यालयले भने विमानस्थलमा अहिले समस्या नरहेको जनाएको छ । यद्यपि, केही जहाजहरू ट्राफिकका कारण होल्डमा रहेका छन् ।