बुटवल । बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई कारले ठक्कर दिँदा मृत्यु भएको छ। पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल उपमहानगरपालिका–रामनगरस्थित पूर्व–पश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका पालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको छ।