बाणगंगा । लुम्बिनी लायन्सको क्रिकेट ट्रफी बाणगंगा नगरपालिका–४ स्थित जितपुरमा आज प्रदर्शन हुने भएको छ। कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको श्रृंघिघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शुसिल सिंह ठकुरीले जानकारी दिनुभएको छ।

अध्यक्ष ठकुरीका अनुसार आज दिउँसो करिब २:४५ बजे ट्रफी सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ। उक्त अवसरमा स्थानीय क्रिकेट प्रेमी, खेलप्रेमी युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

क्रिकेटप्रति उत्साह बढाउने तथा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ट्रफी प्रदर्शन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। अध्यक्ष ठकुरीले सम्पूर्ण क्रिकेट प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभएको छ।

उक्त कार्यक्रमले स्थानीय स्तरमा क्रिकेटप्रति थप उत्साह सिर्जना गर्ने विश्वास आयोजक पक्षले लिएको छ।