काठमाडौँ ।

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । यसअघि हिजो पनि सुनको भाउ कीर्तिमान बनाउँदै तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार ८ सय २५ रुपैयाँ थियो ।