काठमाडौँ — आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेर तोलामा २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य तोलाको २ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि एकैदिन १ सय ५० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ सय ५० रुपैयाँले बढेर ३ हजार ७ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

चाँदीको आजको मूल्य अहिलेसम्मकै उच्च रहेको बताइएको छ । हिजो चाँदी तोलाको ३ हजार ६ सय रुपैयाँ थियो । यसअघि मंसिर १७ गते चाँदी तोलाको ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।