राहुकाल
दिउँसो १ बजेर ११ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ५ बजेर ३ मिनेटदेखि बिहान ५ बजेर ५१ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।


मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

मेष राशिका लागि आजको दिन कुटुम्ब तथा वाणी भावमा प्रभाव पार्ने चन्द्रमाको गोचरले पारिवारिक सम्बन्ध सुधार हुने संकेत देखाइएको छ । बोलीको माध्यमबाट राम्रो परिणाम दिलाउने काम सफलतापूर्वक गर्न सकिनेछ । व्यवसाय फस्टाउँदै जानेछ भने आम्दानी बढ्ने तथा उठ्न बाँकी रकम प्राप्त हुने सम्भावना छ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनसँगै रमाइलो समय बित्ने अवसर मिल्नेछ । माया–प्रेममा नजिकिने अवसर प्राप्त हुनेछ । खेलकुद क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय अनुकूल हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

वृष राशिको दिन पारिवारिक माहौलमै रमाइलो बित्नेछ । महँगो तथा विलासी वस्तुको प्रयोग गर्ने अवसर मिल्नेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनताको समर्थन पाइनेछ भने प्रतिष्ठा बढ्नेछ । प्रेमसम्बन्धमा नजिकिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, खेलकुदका सामान, टेक्निकल सामग्री तथा नयाँ प्रविधिको प्रयोगबाट आम्दानी बढ्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

मिथुन राशिमा चन्द्रमाको गोचर खर्च बढ्ने संकेतसहित आएको छ । खानपान तथा मौसमको बेवास्ताले स्वास्थ्यमा समस्या आउन सक्छ र उपचार खर्च बढ्ने सम्भावना छ । व्यापारमा अपेक्षाकृत आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफन्तलाई अत्यधिक विश्वास गर्दा धोका पाउने जोखिम रहन्छ । लामो दूरीको विदेश यात्रा हुने योग छ भने विदेशी सामानको व्यापारबाट आम्दानी बढ्न सक्छ । खेल क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय अनुकूल छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

कर्कट राशिका जातकका लागि आज सुखद समाचार प्राप्त भई दिन उत्साहपूर्ण रहनेछ । प्रतिस्पर्धीलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने मौका मिल्नेछ । मेहनतले बौद्धिक क्षमता बढ्नेछ । रोकिएका काम अघि बढ्ने तथा नयाँ काम सुरु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको सदुपयोगले आम्दानी बढ्नेछ । व्यापारमा दिगो फाइदा हुने योजना सुरु गर्न अनुकूल समय छ । प्रेम तथा मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

सिंह राशिका लागि राजनीति तथा समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ । कार्यक्षेत्रमा प्रशंसनीय काम गरी लोकप्रियता बढ्नेछ । माया–प्रेममा विश्वासको वातावरण बलियो हुनेछ । अनलाइन व्यापार तथा उत्पादनमुखी व्यवसायमा लगानीबाट मनग्गे आम्दानी हुनेछ । खेल क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय अनुकूल छ । अध्ययनको सिलसिलामा लामो दूरीको यात्रा हुने योग पनि रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

कन्या राशिमा सामाजिक तथा परोपकारी कार्यप्रति रुचि बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । व्यापारमा आज गरिएको लगानी भविष्यमा फाइदाजनक हुनेछ । अनुसन्धान तथा खोजकार्यमा राम्रो प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग नजिकिने तथा सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ । माया–प्रेममा रमाउन चाहनेका लागि यात्रा तथा रमाइलोपनाले भरिपूर्ण समय हुनेछ । खेल क्षेत्रमा संलग्नहरूको लागि समय शुभ छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

तुला राशिमा भौतिक सामान तथा सवारीसाधनको कारोबार गर्दा सावधानी अपनाउनुपर्छ । आफन्त तथा साथीभाइसँग मनमुटाव हुनसक्छ । नयाँ लगानीका लागि समय अनुकूल नभएकाले चलिरहेको कामलाई निरन्तरता दिनुपर्छ । माया–प्रेममा शंका तथा अविश्वासका कारण दूरी बढ्न सक्छ । खानपानमा लापरबाही हुँदा स्वास्थ्य समस्याको जोखिम छ । अध्ययन तथा कामका लागि लामो दूरीको यात्राको योग पनि देखिन्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

वृश्चिक राशिमा घरायसी सुविधा तथा पारिवारिक सहयोगको प्रभावले कामकाज सहज रूपमा अघि बढ्नेछ । व्यापारमा मनग्गे आम्दानी भई आर्थिक अवस्था मजबुत हुनेछ । माया–प्रेममा रमाउन चाहनेका लागि समय अनुकूल छ । विपरीत लिङ्गबाट सहयोग प्राप्त भई महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछन् । विलासी वस्तुको प्रयोगले आकर्षण बढ्नेछ । यात्रा, मनोरञ्जन तथा स्वादिष्ट भोजनमा समय बित्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

धनु राशिमा प्रतिस्पर्धीलाई पछाडि पार्दै खेलकुद तथा अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । रोकिएका काम अघि बढ्नेछ भने स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्ति पाइनेछ । दाम्पत्य तथा प्रेम सम्बन्ध सन्तोषजनक रहनेछ । मामा–मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । अनलाइन व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी लाभदायक हुनेछ ।

मकर (भो, जा, जी,जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

मकर राशिका लागि मनपरेको व्यक्तिबाट उपहार प्राप्त हुने संकेत छ । माया–प्रेममा नजिकिने अवसर मिल्नेछ । यात्रा तथा रमाइलो गतिविधिमा समय बित्नेछ । विलासी वस्तुको प्रयोगबाट आकर्षण बढ्नेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा वृद्धि हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा आलोचना–प्रशंसा दुवै प्राप्त हुँदै पद प्राप्तिको सम्भावना देखिन्छ । अध्ययन वा कामको सिलसिलामा विदेश यात्रा हुने योग पनि छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

आफन्त तथा साथीभाइसँग राय नमिलेका कारण दैनिक काममा असर पर्न सक्छ । राजनीति तथा समाजसेवामा संलग्नहरूले सावधानी अपनाउनुपर्छ । निर्णय गर्न ढिलाइ गर्दा अवसर अरूले फुत्काउन सक्छन् । घरजग्गा तथा सवारीसाधन प्रयोग गर्दा विवाद हुने सम्भावना छ । अध्ययन तथा अनुसन्धानमा रुचि बढ्नेछ । कृषि तथा व्यापारमा लगानी फस्टाउनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आत्मविश्वास, साहस तथा पराक्रममा वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा अग्रस्थान सुरक्षित गर्न सकिनेछ । लेखन तथा साहित्य क्षेत्रका अपूर्ण काम पूरा गर्न सकिनेछ । माया–प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । सामाजिक सञ्जाल तथा प्रविधिको माध्यमबाट आफ्ना विचार सार्वजनिक गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।