काठमाडौँ ।

सुनको मूल्य आज घटेको छ । बिहीबार तोलामा सातसय र बुधबार दुई हजार आठसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा एक हजार तीनसय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मूल्य घटेसँगै सुन आज तोलाको दुई लाख ४१ हजार सातसय रुपैयाँमा पुगेको छ । हिजो सुन तोलाको दुई लाख ४३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

सुनको मूल्य गएको आइतबार तोलामा छ हजार नौसय रुपैयाँ घटेको थियो । गत असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा तीन हजार एकसय ८५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तीन हजार एकसय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।