राहुकाल

बिहान १० बजेर २९ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभकार्य नगर्नुहोला ।

ब्रह्ममुहूर्त

बिहान ४ बजेर ५२ मिनेटदेखि बिहान ५ बजेर ४० मिनेटसम्म ब्रह्ममुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

खानपान र बाहिरी वातावरणप्रति ध्यान दिनुहोला । सामान्य स्वास्थ्य समस्या आउन सक्छ । सरकारी कामकाज गर्दा सचेत रहनुपर्छ, किनभने काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने स्थिति सिर्जना हुन सक्छ । व्यापारमा अपेक्षित आम्दानी नहुँदा दैनिक गतिविधि प्रभावित हुन सक्छन् । आफन्त वा मित्रको सल्लाह नमान्दा दुःख पाइनेछ । तर पनि खेलकुद तथा पराक्रमी गतिविधिबाट सन्तुष्टि मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

आफ्नै प्रयास र लगानीबाट व्यापार–व्यवसायमा मनग्गे आम्दानी गर्न सकिनेछ । विगतका कमजोरी सच्याउँदै सफलता हासिल गर्ने अवसर छ । खेलकुदप्रतिको आकर्षण बढ्नेछ भने खेल क्षेत्रबाट सकारात्मक ऊर्जा प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा विलासी सामग्री प्रयोग गर्ने मौका मिल्नेछ । प्रेम सम्बन्धमा रमाउन चाहनेका लागि समय अनुकूल रहनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

शुभकार्य, माङ्गलिक समारोह वा विवाह–व्रतबन्धमा सहभागी हुने अवसर मिल्नेछ । प्रेमी–प्रेमिकाका लागि रमाइलो यात्रा जुराउनेछ । अध्ययन वा कामकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । नयाँ काम पाउने वा पदोन्नतिको सम्भावना बलियो छ । न्यायिक विषयमा अनुकूल निर्णय आउनेछ । खेलकुद क्षेत्रप्रति आकर्षण बढ्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

स्वास्थ्य समस्या देखिन सक्ने भएकाले दैनिक काम प्रभावित हुन सक्छन् । उपहारस्वरूप भौतिक सम्पत्ति प्राप्त भए पनि टिकाउ नहुन सक्छ । व्यापारमा मन्दी आउने र नयाँ स्थानमा लगानी नगर्नु उपयुक्त हुनेछ । प्रेममा अविश्वासले सम्बन्ध टुट्न सक्छ । आफन्त तथा सन्तानसँग मनमुटाव सिर्जना हुने सम्भावना छ । तर खेलकुद तथा उर्जासम्बन्धी कार्यमा समय बिताउँदा लाभ मिल्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

सहयोगी तथा प्रतिस्पर्धीहरूबाट अपेक्षित सहयोग नमिल्न सक्छ । पढाइ–लेखाइमा समय दिन नसक्दा पछाडि पर्न सकिन्छ । आर्थिक सुधारका प्रयासमा अवरोध आउन सक्छ । आमा तथा आफन्तसँग सामान्य विवाद उत्पन्न हुन सक्छ । सवारी तथा कृषि क्षेत्रमा काम गर्नेहरूले भने राम्रो आम्दानी गर्न सक्छन् । खेलकुद तथा पराक्रमी गतिविधिमा सहभागी हुन पाइनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

साहसिक तथा पराक्रमी काममा सहभागी भई नाम–दाम दुवै कमाउन सकिनेछ । अदालत वा कानुनी विषयमा सकारात्मक परिणाम आउनेछ । लेखन, कला र साहित्यसम्बन्धी कार्यमा समय उत्कृष्ट रहनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । अनलाइन व्यापार वा उद्योगमा लगानी गरेर नाफा कमाउन सकिनेछ । प्रतिष्ठित व्यक्तिबाट सम्मान पाउने योग छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

काम समयमा सम्पन्न भए पनि नतिजा आउन केही समय लाग्न सक्छ । आफन्त वा कुटुम्बसँग अनावश्यक वाद–विवाद हुन सक्छ । बोल्दा सावधानी अपनाउनुहोला, किनकि भनाइको गलत अर्थ लगाई आलोचना हुन सक्छ । पढाइमा मन नलाग्दा गति सुस्त हुन सक्छ । होटल तथा रेस्टुरेन्ट व्यवसायमा भने अपेक्षित आम्दानी हुनेछ, अन्य क्षेत्रमा भने मन्दी देखिन सक्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आत्मविश्वास बढ्नेछ, जसका कारण गाह्रो काम पनि सहजै सम्पन्न हुनेछ । व्यापारमा लगानी बढाउँदा राम्रो आम्दानी प्राप्त हुनेछ । कानुन तथा नीतिनियमअनुसारका निर्णय तपाईंको पक्षमै आउने सम्भावना छ । पढाइ–लेखाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रमा अग्र स्थान हासिल गर्न सकिनेछ । प्रेम सम्बन्धमा समय अनुकूल छ । खेलकुद तथा साहसी गतिविधिप्रति आकर्षण बढ्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

आम्दानीभन्दा खर्च बढ्दा दैनिकी प्रभावित हुन सक्छ । लगानी बढाए पनि आम्दानी सीमित हुन सक्छ । प्रेममा आशङ्का तथा अविश्वासले सम्बन्ध टाढिन सक्छ । तर पढाइ–लेखाइमा भने अपेक्षित नतिजा ल्याउन सकिनेछ । विदेशी वस्तुको व्यापार फस्टाउनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि समय अनुकूल छ । साहसी तथा खेलकुदसम्बन्धी गतिविधिमा चासो बढ्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

पैतृक तथा प्राकृतिक स्रोत–साधनको सदुपयोगबाट आम्दानी बढाउन सकिनेछ । आफन्त तथा परिवारका अपेक्षा पूरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मध्यम लाभ मिल्नेछ । प्रेम सम्बन्ध मजबुत बन्नेछ, पति–पत्नीबीच सहयोग मिल्नेछ । राजनीति तथा समाजसेवामा सक्रिय हुनेका लागि समय फलदायी हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

सरकारी तथा पैतृक सम्पत्तिको उपयोगमार्फत रोजगारी र आम्दानीको अवसर सिर्जना हुन सक्छ । बौद्धिक क्षमतामा वृद्धि भई राजनीतिमा पद प्राप्तिको सम्भावना रहन्छ । प्रतिष्ठित व्यक्तिको सहयोगले महत्वपूर्ण उपलब्धि हासिल हुन सक्छ । शत्रुहरू परास्त हुनेछन् । पढाइ तथा खेलकुदमा प्रतिस्पर्धीलाई पछि पार्दै अग्र स्थानमा आउन सकिनेछ । व्यापार–व्यवसायबाट भनेजस्तो नाफा प्राप्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

काम समयमा सम्पन्न नहुँदा निराशा छाउन सक्छ । बन्द व्यवसायमा मन्दी आउनेछ तथा आर्थिक सङ्कटको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ । यात्रामा कष्टकर अनुभव हुन सक्छ । सवारी तथा भौतिक सम्पत्ति प्रयोग गर्दा सावधानी आवश्यक छ । आफन्त तथा परिवारसँग मनमुटाव हुन सक्छ । तर अध्ययन वा खेलकुदको प्रतिस्पर्धामा भने उत्कृष्ट प्रदर्शन गरी अग्र स्थानमा आउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।